• १३ बैशाख २०८१, बिहीबार
मंगलबार निफ्राको शेयर कति रुपैयाँले घट्यो ?


काठमाडौं । मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य ३२ रुपैयाँले घटेको छ ।

नेप्सेको सिस्टममा समस्या आएपछि यसको शेयर मूल्य ५९४ रुपैयाँले घटेको देखाइएको थियो । २० अर्ब चुक्ता पूँजी भएको कम्पनीको शेयर मूल्य एकैपटक शुन्यमा झरेको देखाएपनि नेप्से परिसूचक समेत २५ सय अंकमा पुगेको थियो ।

निफ्राको शेयर गत आइतबारदेखि कारोबार सुरु भएको थियो । मंगलबार निफ्राको २० मिनेटमा पोजेटिभ र नेगेटिभ सर्किट लागेको थियो ।

नेप्सेको सिस्टममा एकै पटक निफ्राको शेयर मूल्य शून्यमा देखिएपछि अर्थमन्त्रालयले समेत नेप्सेको नेतृत्वलाई जानकारी मागेको थियो ।

नेप्सेको सिस्टममा निफ्राको देखिएको समस्या समाधान भएपछि अहिले परिसूचक २५९९.०७ अंकमा सिमित भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक अहिलेसम्म १२.५६ अंकले बढेको छ ।

Nabintech