• ७ बैशाख २०८१, शुक्रबार
सन्दीपले खेल्ने ‘द हन्ड्रेड’को खेल तालिका सार्वजनिक


काठमाडौं । पहिलो सिजनको ‘द हन्ड्रेड’ (१०० बलको क्रिकेट प्रतियोगिता) को खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक खेल तालिकाअनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित ओभल इन्भिसिबल्सले पहिलो म्याच म्यानचेस्टर ओरिजिनल्सविरुद्ध खेल्ने भएको छ । यी दुवै टिमले उद्घाटन म्याच खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।

उद्घाटन खेल आगामी २२ जुलाईमा हुनेछ । अगस्ट १८ सम्म समूह चरणका हुनेछन् । २१ अगस्टमा फाइनल खेल हुनेछ ।

गत वर्ष नै आयोजना हुने भनिएको प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

सन्दीप २०२१ का लागि ओभलमा रिटेन भएका थिए । गत सिजन सन्दीपले राखेको १ लाख पाउन्ड ९१ करोड ५२ लाख ५ हजार रुपैयाँ० मा ओभलले आबद्ध गरेको थियो।

‘द हन्ड्रेड’ मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिनल्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ ।

टी-२० क्रिकेटको लोकप्रियतासँगै इसिबीले नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता गर्न लागेको हो ।

सन् २०१८ मा इसिबीले १०० बलको क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको थियो । पहिलो १५ ओभर ६र६ बलको हुने र अन्तिम ओभर १० ओभरको हुने भनिएको थियो । तर यो प्रस्ताव नियम परिवर्तन गरिएको छ ।

‘द हन्ड्रेड’ मा दुवै टिमले १००-१०० बल खेल्नेछन्। १०-१० बलमा इन्ड चेन्ज गरिनेछ (एउटा इन्डबाट १० बल गरिनेछ) ।

एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउनेछ । एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउनेछ । खेलमा पहिलो २५ बलको पावरप्ले हुनेछ । पावरप्लेमा ३० यार्डको सर्कलबाहिर २ फिल्डर मात्र राख्न पाइनेछ ।

Nabintech