प्रधानमन्त्री ओलीले बुवाबाट आशीर्वाद लिँदै बालुवाटारमै मनाए ७०औं जन्मदिन (तस्बिरहरु)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् । प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए ।

ओलीले गत वर्ष भने हेलिकप्टरमा जन्मथलो तेह्रथुम पुगी नेपालको नक्सा आकारको केक काटेर जन्मदिन मनाएका थिए । ओलीले भड्किलो गरी जन्मदिन मनाएको भन्दै त्यतिबेला विरोध समेत भएको थियो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जन्मदिनको अवसरमा बालुवाटारमा सामान्य कार्यक्रम भएको हो । २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएको ओलीको परिवार झापा बसाइँ सरेको हो ।

    

Nabintech