• १४ बैशाख २०८१, शुक्रबार
अपि पावर हकप्रद निष्काशन गर्न अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड ?


काठमाडौं । अपि पावर कम्पनीले हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले फागुन ९ गते आइतवार चुक्ता पूँजीको २९.३८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

Nabintech