• १२ श्रावण २०८१, शनिबार
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, ब्याज कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८५ (घ) ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ ।

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

यस ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ । उक्त ऋणपत्रको बोलकबोल फागुन ११ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । फागुन १२ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८५ साल फागुन १२ गते भुक्तानी हुनेछ ।

ईच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

 

Nabintech