• १२ श्रावण २०८१, शनिबार
गैरसंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस चुनावमा जान सक्दैन्:मीनेन्द्र रिजाल


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारको असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस नसक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र अवसर स् नेपाली कांग्रेसको भूमिका विषयक अन्तर्क्रियामा डा। रिजालले असंवैधानिक कदम नसच्चिदासम्म भने निर्वाचनमा जान नसकिने बताए ।
डा। रिजालले प्रतिनिधि सभा विघटनका विषयमा व्यक्तिगत रूपमा नेताहरूका केही फरक धारणा आए पनि पार्टी संस्थागतरूपमा यो कदम अलोकतान्त्रिक र असंवैधानिक हो भन्‍नेमा एकढिक्का रहेको बताए ।

यस्तै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्र शर्माले निर्वाचन हुने विश्वास नभएकोले कांग्रेसले प्रतिनिधिसभा विघट्न विरुद्धमा खुलेर विरोध गर्नुपर्ने बताए । निर्वाचन कुनै पनि हालतमा मंसीरमा नहुने दावी गरे । शर्माले प्रदेसभा नै नरहे अवस्थामा पुगेको बताए ।

Nabintech