• ७ बैशाख २०८१, शुक्रबार
सर्वोच्चले कसैको जुलुस हेरेर होइन् संविधान हेरेर संसद पुनर्स्थापना गर्छ:रघुजी पन्त


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्चले प्रतिनिधिसभा विघटनको कदम सच्चयाउने बताउनुभएको छ ।

नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध ¥यालीमा पत्रकारसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनसर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताउनुभयो ।

सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभइ नेपालको संविधान हेरेर फैसला गरी संसद पुनर्स्थापना गर्नेमा विश्वास रहेको बताउनुभयो । जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पन्तको भनाइ छ ।
नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता पैदा गरेको आरोप लगाउनुभयो ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्‍यालिमा प्रदर्शनकारीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरेका थिए ।

 

Nabintech