• ७ बैशाख २०८१, शुक्रबार
इन्भेष्टमेन्ट बैंकले जारी गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एक हजार अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले उक्त ऋणपत्र फागुन ९ गते आइतबार बाँडफाँड गरेको हो ।

बैंकले साढे ८ प्रतिशत व्याजदर भएकोे ऋणपत्र गत माघ १६ गतेदेखि फागुन २ निष्कासन गरेको थियो । ऋणपत्र २०८४ सालमा परिपक्व हुने बैंकले जनाएको छ । बैंकले कुल  ४ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

२ अर्ब ४० करोड बराबरको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गरेको थियो भने ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि व्यवस्था गरेको थियो । बाँकी १६ लाख कित्ता सर्वसाधारण र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गरेको थियो ।

साथै व्यक्तिगत तवरतर्फका आवेदकहरुको आंशिक बाँडफाँडमा परेको ऋणपत्र बाहेकको बाँकी रकम फिर्ता भुक्तानी अरविवि मर्चेन्टबाट फागुन १० गते (आज)देखि सम्बन्धित आवेदकहरुको बैंक खातामा रकामान्तर गरिने व्यवस्था मिलाइएको छ । त्यसको लागि आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न सम्पूर्ण लगानीकर्तालाई अनुरोध गरिएको छ ।

Nabintech