• १६ चैत्र २०८०, शुक्रबार
पीएसएलः राशिद र अफ्रिदी चम्किँदा लाहोरको विजयी सुरुवात


काठमाडौं । छैटौँ सिजनको पाकिस्तान सुपर लिग (पीएसएल)को दोस्रो खेल अन्तर्गत पेसावर जल्मीविरुद्ध लाहोर कलन्दर्स चार विकेटले विजयी भएको छ ।

पेसावरले दिएको १ सय ४१ रनको लक्ष्य कलन्दर्सले १८.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि मोहम्मद अफीजले अविजित ३३, बेन डंकले २२, अघ सलमानले २१, फखर जमानले १५, कप्तान सोहेल अख्तरले १४, समित पटेलले ८ रन बनाए । त्यस्तै, राशिद खानले १५ बलमा तीन चौका र एक छक्कासहित नटआउट २७ रन बनाए ।

बलिङमा वाहब रियाज, शकिव मक्सूदले दुई/दुई, मुजीबउर रहमान र अहमद बटले एकरएक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको जल्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनायो ।

उसका लागि रबी भोपाराले ५०, सोयब मलिक, शेरफन रदरफोर्डले २६/२६ र अहमद बटले अविजित २३ रन बनाए ।

बलिङमा शाहीन साह अफ्रिदीले चार ओभरमा एक मेडनसहित १४ रन दिएर तीन विकेट लिए । त्यस्तै, सलमान मिर्जाले दुई र डेविड भिसेले एक विकेट हात पारे ।

राशिद खानले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् । उनले चार ओभरमा बिनाविकेट १४ रन मात्र खर्चिए ।

 

Nabintech