• १५ चैत्र २०८०, बिहीबार
जीवन बीमा कम्पनीहरुमा पनि ‘एनएफआरएस प्रणाली लागू गर्न बीमा समितिको निर्देशन


काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाइ पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ । बीमा समितिले आइतबार सर्कुलर जारी गर्दै उक्त निर्देशन दिएको हो ।

समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूलाइ एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।

त्यस अनुसार जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।

समितिले पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिइसकेको छ ।

Nabintech