• १६ चैत्र २०८०, शुक्रबार
सिभिल बैंकको सभाले पारित गर्यो ८.४२ प्रतिशत लाभांश


काठमाडौं । सिभिल बैंकको साधाराणसभाले ८.४२ प्रतिशत लाभांक वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको आईतवार भर्चुअल माध्यमबाट सम्पन्न भएको दशौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२५ का दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गरेको हो ।

 

Nabintech