• १३ बैशाख २०८१, बिहीबार
दिल्लीविरुद्ध मुम्बईको फराकिलो जित, पृथ्वीले बनाए शानदार शतक


काठमाडौं । भारतमा जारी विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत दिल्लीविरुद्ध मुम्बई ७ विकेटले विजयी भएको छ । दिल्लीले दिएको १ सय १२ रनको लक्ष्य मुम्बईले ३१.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनिङ ब्याट्सम्यान पृथ्वी शाले शतकीय पारी खेले । उनले ८९ बलमा १५ चौका र २ छक्कासहित अविजित १०५ रन बनाए ।

त्यस्तै, सूर्यकुमार यादवले ५०, कप्तान श्रेयस अय्यरले ३९ र शिवम दुवेले नटआउट ९ रन बनाए । बलिङमा ललित यादवले सर्वाधिक दुई विकेट लिए ।

त्यससअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन बनायो । उसका लागि हिम्मत सिंहले शतक बनाए । उनले १४५ बलमा ६ चौका र २ छक्कासहित अविजित १०६ रनको योगदान दिए ।

त्यस्तै, शिवांक वशिष्ठले ५५ र कप्तान प्रदीप सांगवानले नटआउट २८ रन बनाए । शिखर धवन, अञ्जु रावत, नीतिश राणा, ललित यादव जस्ता नाम चलेका ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

Nabintech