• १४ बैशाख २०८१, शुक्रबार
‘सरकारले चाँडोभन्दा चाँडो स्ववियु निर्वाचन घोषणा गर्नुपर्छ’:शशांक कोइराला


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै त्रिभुवन विश्‍वविद्यालयको केन्द्रीय क्याम्पसमा अनशनरत विद्यार्थीका मागमा एक्केबद्धता जनाएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध विद्यार्थीहरूगत माघ २१ गतेबाट स्ववियु निर्वाचनसहित ५ माघ राखेर रिले अनसनमा बसिरहेका छन् । निर्वाचनको माग जायज रहेकोले नेविसघले राखेका माग पूरा नहुँदासम्म कांग्रेसको साथ र समर्थन रहने नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।

विद्यार्थीका माग पूरा गराउन सरकारलाई  निर्वाचन घोषणा गर्न कांग्रेसले पहल गर्ने महामन्त्री डा. कोइरालाले बताएको पनि रिमालले बताए । अनसनमा एक्केबद्धता जनाउन यसअघि कांग्रेस नेताहरू रामचन्द्र पौडेल, डा.रामशरण महत र प्रकाशमान सिंह र नेविसंघका पूर्वअध्यक्ष रञ्‍जित कर्ण पनि अनसनस्थल पुगिसकेका छन् ।

नेविसंघले कोभिड-१९ को कारण ढिला भएको परीक्षा र नजिता प्रकाशनमा हुने ढिलाइले शैक्षिक सत्र गुम्ने अवस्था आएको भन्दै परीक्षा भएको १ महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने, विश्वविद्यालयको क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने, नेविसंघसंग विश्वविद्यालयले गरेको २३ बुँदे सहमति कार्यान्वयन गर्नु पर्ने र त्रिवीका प्राध्यापक र विद्यार्थी संगठनको नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने कार्य बन्द गर्नुपर्ने माग राखेको छ ।

 

Nabintech