• २२ कार्तिक २०८१, बिहीबार
उपचारका लागि विदेशतिर लाग्नुपर्दा लज्जित र दुखित छु: भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले ट्युमरको उपचारका लागि भारत जानुपर्दा आफू लज्जित भएको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले २१औं शताब्दीमा समेत शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो भन्ने पत्ता लगाउन विदेशतिर लाग्नु पर्दा लज्जित र दुखित भएको बताएका छन् ।

भट्टराईले लेखेका छन् ,’मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू

अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित र दुखित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु!  सामान्य नागरिकको के होला ?

Nabintech