• १४ बैशाख २०८१, शुक्रबार
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव टेवल,बैठक २० गतेसम्मका स्थगित


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव आइतबार प्रदेश सभामा टेबुल भएको छ।
२ बजे शुरु हुने भनिएको बैठक ४ बजे शुरु हुने बित्तिकै सभामुख प्रदीप कुमार भण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्न आग्रह गरेका थिए ।

प्रदेश सदस्य एवं नेकपाका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे। आङ्बोले प्रस्ताव पेश गर्नसाथ सभामुख भण्डारीले बैठक फागुन २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराए।

आङ्बोले राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए।

आङ्बोले प्रधानमन्त्रीले निर्वाचन गर्न होइन निरंकुशता र सर्वसत्तावादतर्फ जान विघटन गरेको र यो प्रतिगामी कदम भएको बताए। प्रदेशमा प्रधानमन्त्रीको कदमलाई लिएर मुख्यमन्त्रीसँग मतान्तर भएकाले अविश्वासको प्रस्ताव दर्ता गरेको बताए। अविश्वासको प्रस्तावमा छलफल गर्ने र लोकतान्त्रिक ढंगले फेस गर्ने कुरामा प्रदेश सरकार तल्लिन नदेखिएको आरोप लगाए। सरकारले संदसमा फेस गर्नुपर्ने र संसदले गरेको निर्णय मान्नुपर्ने उनको माग छ।

अविश्वासको प्रस्तावमा सुरुमा ३७ जनाको हस्ताक्षर रहेकोमा ५ जनाले फिर्ता लिएका छन्। प्रदेश सभामुख प्रदीपकुमार भण्डारीका अनुसार प्रदेशसभा सदस्यहरु जसमाया गमजेर, गोपालचन्द्र बुढाथोकी, शिवप्रसाद मैनाली, बसन्तीदेवी यादव र कला घले अविश्वासको प्रस्तावबाट ब्याक भएका हुन्।

अविश्वासको प्रस्ताव छलफलका लागि पेस भएसँगै सभामुख भण्डारीले फागुन २० गते विहीवार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

Nabintech