• १३ बैशाख २०८१, बिहीबार
राष्ट्रपतिद्वारा प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।

 

‘प्रदेश प्रमुख परियारलाई किन पदमुक्त गरियो भन्ने राष्ट्रपति कार्यालयले खुलाएको छैन । संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था विभिन्न कानुनी प्रावधान रहेका छन् । परियारलाई पदमुक्त गरिएको भनिएको १६५ (२) ख मा’ निजको पदावधी समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजमुक्त गरेमाु भन्ने कानुनी प्रावधान रहेको छ ।

यस्तो छ प्रदेश प्रमुखको पद रिक्त हुने कानुनी प्रावधान

Nabintech