• १५ चैत्र २०८०, बिहीबार
नेप्सेमा सात कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?


काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ सात कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

साताभर नेप्सेमा अपि पावर कम्पनी, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालयन डिष्टिलरी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर कम्पनी,एनएलजी इन्स्योरेन्स कम्पनी र लक्ष्मी लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको १७ लाख २० हजार ५ सय ६१ दशमलव ५० कित्ता, मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६ सय १३ दशमलव १७ कित्ता, कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६ सय ८३ दशमलव ७९५७ कित्ता, हिमालयन डिष्टिलरीको २८ लाख ९२ हजार ३ सय ४१ दशमलव २५ कित्ता, अरुण भ्याली हाइड्रोपावरको ४ लाख ९९ हजार १ सय ६२ कित्ता, एनएलजी इन्स्योरेन्सको ७ लाख १७ हजार २ सय २५ कित्ता र लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

Nabintech