प्रविण भेडवालको ‘मलाई सम्झनु’ सार्वजनिक (भिडियो)


 

काठमाडौं । गायक प्रविण भेडवालको स्वरमा ‘मलाई सम्झनु’ बोलको गीत सार्वजनिक भएको छ । माया गर्नेहरुको गीत भनिएको गीतको भिडियोमा कलाकारहरु सुरक्षा पन्त र विनोद अधिकारीको अभिनय छ ।

हरि लम्सालको संगीत एंव एरेञ्ज रहेको गीतमा शब्द अमृता नेपालका छन् । नमस्ते स्टुडियोले निर्माण गरेको भिडियोलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका हुन् । सम्दान र कलर भरत रेग्मीको छ । भिडियोमा बाल कलाकारको रुपमा प्राप्ती अधिकारी र विशाल गुरुङ अभिनय गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

Nabintech