• १४ बैशाख २०८१, शुक्रबार
कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय

तल्ला तहको अधिवेशन कार्यतालिका संशोधन



काठमाडौं । नेपाली कांग्रेसले १४औं महाहधिवेशन आगामी २०७८ भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव केन्द्रीय समितिले सामान्य संशोधनसहित अनुमोदन गरेको हो ।

विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो । पार्टीको विधानअनुसार म्याद सकिएपछि कांग्रेसले आफ्नो वैधानिकता जोगाउन संविधानको सहारा लिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तल्ला तहको अधिवेशन कार्यतालिका सामान्य हेरफेर गरेको जानकारी दिए ।

Nabintech