• १५ चैत्र २०८०, बिहीबार
डिम्याट खोल्नेको संख्या २९ लाख पुग्यो, एक सातामा थपिए ९७ हजार खाता


काठमाडौं ।पछिल्लो समयमा डिम्याट खाताको संख्या समेत उल्लेख्य बढेको छ । डिम्याट खोल्नेको संख्या २९ लाख नाघेको छ ।

पछिल्लो एक सातामा ९७ हजार हजारले डिम्याट खाता खोलेका छन् । शेयर बजारमा निरन्तर सुधार आएपछि सार्वजनिक निष्काशनमा समेत सर्व साधारणको सहभागिता उच्च दरमा बढेको छ ।

ब्रोकर कार्यालय देखि बैंकहरुमा डिम्याट खाता खोल्नेको लाइनले पनि शेयर बजारमा लगानीकर्ताको सहभागिता बढेको हो ।

साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि डिम्याट खाता अनिवार्य हुनुपर्छ । नेपाल रिइन्स्योन्स कम्पनीको साधारण शेयर निष्काशन पछि पनि आम सर्वसाधारणमा शेयर सम्बन्धी जानकारी तिब्र फैलिरहेको छ ।

नेपाल रिइन्स्योन्सको साधारण शेयरमा आवेदन दिएका लगानीकर्ता सबैले शेयर पाए । दोस्रो बजारमा पनि रिइन्स्योरेन्सको प्रतिकित्ता शेयर मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो ।

त्यसले गर्दा पनि सर्वसाधारणलाई शेयर बजारमा आकर्षित गरको हो । पछिल्लो समयमा परिवारको एक सदस्यलाई शेयर परेको खण्डमा सम्पूर्ण परिवारका सदस्यको नामबाट शेयर आवेदन दिनका लागि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो ।

 

 

 

 

 

Nabintech