• १४ बैशाख २०८१, शुक्रबार
निश्चित मापदण्ड बनाइ पर्यटन क्षेत्र खुला गर्न पर्यटन व्यवसायीको माग


काठमाडौं।कोरोना महामारीका कारण शुन्यप्रायमा झरेको विदेशी पर्यटकको आगमनलाई माथि उकास्नका लागि आन्तरिक र एशियन देश लक्षित पर्यटकलाई आकर्षित गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।

विहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कोभिड–१९ पछिको नेपालको पर्यटन क्षेत्रको विकास विषायक अन्तरक्रियामा कोभिडका कारण एक वर्षको अवधिमा पर्यटकीय गतिविधि शून्यमा झरेको अवस्थामा पर्यटक आगमनको संख्या बढाउनका लागि नयाँ स्वास्थ्य मापदण्ड अपनाउनुका साथै नयाँ नीति बनाउन सरकारले ध्यान दिनुपर्ने पर्यटन व्यवसायी रविन पाण्डेले बताउनुभयो ।

कोरोनापछि धरासायी भएको नेपाली पर्यटन क्षेत्रको विकासका लागि एसियाका पर्यटक लक्षित कार्यक्रम ल्याउनुपर्नेमा पर्यटन व्यवसायीहरुको जोड रहेको छ । निश्चित मापदण्ड अपनाएर आन्तरिक पर्यटनका साथै छिमेकी देशका पर्यटकलाई नेपालप्रति आकर्षण बढाउने नयाँ प्याकेज सार्वजनिक गरिनुपर्ने उनीहरुको माग छ । अर्का पर्यटन व्यवसायी विशेष श्रेष्ठले व्यवसायीले भने सरकारले दिने भनेको पुनःकर्जा र बैंकबाट पाउनुपर्ने राहत अझै पनि नपाएको भन्दै गुनासो गरेका छन् ।

यता नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारीका कारण नेपाल आउने पर्यटकको संख्या शून्यमा झरेको जनाएको छ । यही विषयलाई मध्यनजर गर्दै डिजिटल डाटा कलेक्सन र नेपालका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनको काम गरिरहेको बोर्डका कार्यकारी अधिकृत धनजन्य रेग्मीले बताउनुभयो ।

निश्चित मापदण्ड बनाइ अब पर्यटनका सबै क्षेत्रलाई खुला गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।

 

Nabintech