बिहीबार आईपीएल टी–ट्वान्टी क्रिकेटको अक्सन हुँदै, सन्दिप कुन टिममा पर्लान् ?


काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी–ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ । चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह सवा ३ बजे सुरु हुनेछ ।

अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । जसमा १ सय २५ विदेशी खेलाडी छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने भए पनि नेपालीहरूको चासो सन्दीप लामिछानेका प्रति छन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । यसअघि तीन सिजन आईपीएल खेलिसकेका लेग स्पिनर सन्दीपलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको हो ।

Nabintech