अल्लू अर्जुनको फर्स्टलुक सार्वजनिक


साउथ फिल्मका ‘स्टाइलिस स्टार’ अल्लू अर्जुन आफ्नो नयाँ फिल्म ‘पुष्पा’ का कारण चर्चामा छन् ।

१३ अगस्ट २०२१ मा प्रदर्शन हुन लागेको फिल्म हिन्दीसहित पाँच भाषामा निर्माण हुँदैछ ।

सुकुमार गुरुले फिल्मको निर्देशन गर्नेछन् । यसअघि उनले अल्लू अर्जुनसँग ‘आर्य र आर्य २’ जस्तो सुपरहिट फिल्म दिइसकेका छन् ।

‘पुष्पा’ मा रश्मिका मन्दानाको पनि अभिनय रहनेछ । फिल्ममा अल्लू अर्जुन एक जबरजस्त एक्सन सिन गर्दै देखिने भएका छन् ।

जसमा उनी भिलेनसँग नभइ ब्वाँसोहरुसँग भिड्दै देखिनेछन् । निर्देशक सुकुमार फिल्ममा यो सिनलाई ठूलो स्तरमा बनाउने तयारीमा छन् ।

फिल्ममा यो सिन हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ । ‘पुष्पा’ हलिउड फिल्म ‘बर्न आइडेन्टिटी’ को एक सिनबाट प्रेरित भएर बन्न लागेको बताइएको छ ।

यो अल्लू अर्जुनको पहिलो पेन इन्डिया फिल्म हो । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भइसकेको छ ।

फिल्मलाई मैत्री मूभिजले निर्माण गर्दैछ । फिल्मले आन्ध्रको पहाडी क्षेत्रमा लाल चन्दनको तस्करी र यसका लागि चलेको साठगाँठको कथा पेश गर्नेछ । पछिल्लो पटक ‘अला वैकुन्ठापूरामुलु’ मा देखिएका अल्लू अर्जुनका फ्यानहरुले ‘पुष्पा’ प्रति ठूलो अपेक्षा गरेका छन् ।

 

 

Nabintech