काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु कर्जा बिस्तारमा आक्रामक देखिएका छन् । निक्षेप संकलन र कर्जा प्रवाहलाई सन्तुलनमा राख्न बैंकहरुले कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन घटाएका छन् । गत पुस मसान्तको तुलनामा माघ मसान्तमा १५ वटा वाणिज्य बैंकले निक्षेप संकलन घटाउँदा २ वटा बैंकले मात्र कर्जा प्रवाह घटाएका छन् भने २५ वटाले बढाएका छन् ।
नेपाल बैंकर्स संघद्वारा उपलव्ध तथ्यांकअनुसार सो अवधिमा बैंकहरुको व्यवसायी प्रगति राम्रो देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले एक महिनामै ५ अर्ब रुपैयाँले निक्षेप थप गर्दा ७४ अर्ब रुपैयाँले कर्जा प्रवाह थप गरेका हुन् ।
निक्षेप बढाउनेमा शीर्ष सिद्धार्थ बैंक अगाडि छ भने दोस्रो स्थानमा एभरेष्ट बैंक र तेस्रो स्थानमा सानिमा बैंक छ ।
माघ महिनामा कर्जा प्रवाह अब्बल
पुस मसान्तदेखि माघ मसान्तसम्म एक महिनाको अवधिमा ७ वटा बैंकले १ प्रतिशतदेखि २.७० प्रतिशत, ५ वटा बैंकले ०.२९ प्रतिशतदेखि ०.९६ प्रतिशतसम्म निक्षेप संकलन वृद्धि गरेका छन् । साथै १५ वटा बैंकले ०.१६ प्रतिशतदेखि ३.२९ प्रतिशतसम्म सो अवधिमा निक्षेप संकलन घटेको छ ।साथै, पुस मसान्तको तुलनामा २५ वटा बैंकले ०.७८ प्रतिशतदेखि ७.०६ प्रतिशतसम्म माघ मसान्तमा कर्जा प्रवाह वृद्धि गरेका छन् । त्यसैगरी सनराइज बैंकले ०.२० प्रतिशत र एनएमबी बैंकले ०.६८ प्रतिशतले सो अवधिमा कर्जा प्रवाह घटाएका छन् ।
सिद्धार्थ बैंकले पुस मसान्तसम्म १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.७० प्रतिशतले बढाएर १ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ ।त्यस्तै, पुस मसान्तमा १ खर्ब ४४ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा २.७२ प्रतिशतले बढाएर १ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ ।
एभरेष्ट बैंकले पुस मसान्तमा बैंकले १ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.६८ प्रतिशतले बढाएर १ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ भने पुस मसान्तमा १ खर्ब १९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ०.९१ प्रतिशतले बढाएर १ खर्ब २० अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, सानिमा बैंकले १ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.१३ प्रतिशतले बढाएर १ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ । १ खर्ब ४ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ३.०८ प्रतिशतले बढाएर १ खर्ब ७ अर्ब ८६ करोड रुपैयाँ पुर्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.०२ प्रतिशतले बढाएर २ खर्ब ४६ अर्ब ०२ करोड रुपैयाँ पुर्याएको छ । पुस मसान्तमा १ खर्ब ७४ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ०.७८ प्रतिशतले बढाएर १ खर्ब ७५ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ ।
मेगा बैंकले पुस मसान्तमा १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा १.९३ प्रतिशतले बढाएर १ खर्ब ३८ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ । पुस मसान्तमा १ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १.९६ प्रतिशतले बढाएर १ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ ।
एनएमबि बैंकले पुस मसान्तमा बैं१ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा १.५२ प्रतिशतले बढाएर १ खर्ब ५१ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ । सो अवधिमा बैंकको कर्जा संकलन भने ०.६८ प्रतिशतले घटेको छ । पुस मसान्तमा बैंकले १ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँ कर्जा संकलन गरेकोमा माघ मासान्तमा ९७ करोड रुपैयाँले घटेर १ खर्ब ४२ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।
कृषि विकास बैंकले पुस मसान्तमा १ खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा १.१२ प्रतिशतले बढाएर १ खर्ब ४५ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ । पुस मसान्तमा १ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १.३१ प्रतिशतले बढाएर १ खर्ब ३३ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।
ग्लोबल आइएमई बैंकले पुस मसान्तमा २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.९६ प्रतिशतले बढाएर २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ । पुस मसान्तमा २ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १.९२ प्रतिशतले बढाएर २ खर्ब १९ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ ।
सिभिल बैंकले पुस मसान्तमा ७७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.६८ प्रतिशतले बढाएर ७८ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ ।पुस मसान्तमा ६८ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ४.८५ प्रतिशतले बढाएर ७१ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको छ ।
लक्ष्मी बैंकले पुस मसान्तमा १ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.५७ प्रतिशतले बढाएर १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ ।साथै, पुस मसान्तमा ९५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ४.३५ प्रतिशतले बढाएर ९९ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ ।
माछापुच्छ्रे बैंकले पुस मसान्तमा १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.४९ प्रतिशतले बढाएर १ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ । साथै, पुस मसान्तमा १ खर्ब ७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ३.१९ प्रतिशतले बढाएर १ खर्ब १० अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।
सिटिजन्स बैंकले पुस मसान्तमा १ खर्ब ७ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२९ प्रतिशतले बढाएर १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ । साथै, पुस मसान्तमा ९१ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ०.९० प्रतिशतले बढाएर ९१ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ ।
निक्षेप घटाउने बैंकहरु
१५ वटा बैंकले पुस मसान्तको तुलनामा निक्षेप संकलन माघ मसान्तमा घटाएका छन् । सो अवधिमा कर्जा संकलन बढाएका बैंकहरुले समेत निक्षेप संकलन घटाएका हुन् ।
नेपाल बंगलादेश बैंकले पुस मसान्तमा ७२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ३.२९ प्रतिशतले घटाएर ७० अर्ब ४४ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३.२६ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ६२ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ६४ अर्ब २५ करोड रुपैयाँ पुर्याएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस मसान्तमा ८६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.९७ प्रतिशतले घटाएर ८४ अर्ब २५ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ७.०६ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ५५ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ५९ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको हो ।
सेञ्चुरी कमर्सियल बैंकले पुस मसान्तमा ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.७५ प्रतिशतले घटाएर ८३ अर्ब ८८ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने २.४४ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ७२ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ७३ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको हो ।
एसीसी बैंकले पुस मसान्तमा १ खर्ब २ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.५४ प्रतिशतले घटाएर ९९ अर्ब ६१ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने १.६७ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ८२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ८४ अर्ब १९ करोड रुपैयाँ पुर्याएको हो ।
प्रभु बैंकले पुस मसान्तमा १ खर्ब ७० अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा २.४६ प्रतिशतले घटाएर १ खर्ब ६६ अर्ब ४ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने १.५५ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको हो ।
कुमारी बैंकले पुस मसान्तमा १ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा १.५९ प्रतिशतले घटाएर १ खर्ब २७ अर्ब ७८ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने १.१० प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको हो ।
बैंक अफ काठमाण्डूले पुस मसान्तमा ९२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.७२ प्रतिशतले घटाएर ९४ अर्ब ५६ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ०.१७ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ९१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ९१ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको हो ।
एनआइसी एशिया बैंकले पुस मसान्तमा २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.७२ प्रतिशतले घटाएर २ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँमा सीमित गरेको छ ।सो अवधिमा बैंकले कर्जा प्रवाह भने ४.३० प्रतिशतले बढाएको छ । पुस मसान्तमा २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा २ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ पुर्याएको हो ।
नेपाल बैंकले पुस मसान्तमा बैंकले १ खर्ब ५१ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.६१ प्रतिशतले घटाएर १ खर्ब ५० अर्ब ३० करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने २.१८ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँ पुर्याएको हो ।
हिमालयन बैंकले पुस मसान्तमा १ खर्ब ३८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.५० प्रतिशतले घटाएर १ खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँमा सीमित गरेको छ ।सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३.३८ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब १५ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ अर्ब १९ अर्ब ६० करोड रुपैयाँ पुर्याएको हो ।
नेपाल एसबीआई बैंकले पुस मसान्तमा १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२५ प्रतिशतले घटाएर १ खर्ब २ अर्ब ९६ करोड रुपैयाँमा सीमित गरेको छ ।सो अवधिमा बैंकले कर्जा प्रवाह भने २.८५ प्रतिशतले बढाएको छ । पुस मसान्तमा ९२ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ९५ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको हो ।
नबिल बैंकले पुस मसान्तमा २ खर्ब ३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२३ प्रतिशतले घटाएर २ खर्ब ३ अर्ब ५ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३.३८ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब ८४ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको हो ।
सनराइज बैंकले पुस मसान्तमा ९८ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२१ प्रतिशतले घटाएर ९८ अर्ब २२ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ०.२० प्रतिशतले बढाएको छ । पुस मसान्तमा ८९ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा ८९ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंकले पुस मसान्तमा १ खर्ब ६९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.२१ प्रतिशतले घटाएर १ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने ३.२८ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब ४७ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब ५२ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको हो ।
प्राइम बैंकले पुस मसान्तमा १ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा माघ मसान्तमा ०.१६ प्रतिशतले घटाएर १ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकले कर्जा प्रवाह भने १.७९ प्रतिशतले बढाएको छ । पुस मसान्तमा १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ मसान्तमा १ खर्ब २७ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको हो ।