• १४ बैशाख २०८१, शुक्रबार
भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्ट सार्वजनिक


काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार भट्टले घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएका छन् । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।
भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।

माघ २१ मा सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो, भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

Nabintech