• १६ चैत्र २०८०, शुक्रबार
सहारा विकास बैंकको मुनाफा बढ्यो, अन्य सूचक कस्तो ?


काठमाडौं । सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमासम्ममा १ करोड ९० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

गत वर्ष बैंकले १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गर्ने थियो । गत आर्थिक बर्षको तुलनामा बैंकको नाफा ३१ दशमलव ३० प्रतिशतले धेरै हो ।

साथै बैंकले खुद ब्याज आम्दानी पनि ३१ दशमलव ६५ प्रतिशत ले बढाएर ३ करोड १८ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले २ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले १ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको सहाराले ८१ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी १६ करोड ३३ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ७ करोड ५४ लाख रुपैयाँ छ ।बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा (वार्षिक) रहेको सहाराको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ ।

 

Nabintech