• १४ बैशाख २०८१, शुक्रबार
ऋण बिस्तारमा आक्रमक हुँदै बैंकहरु, एक महिनामा ८१ अर्ब कर्जा प्रवाह


काठमाडौं । बैंकहरु कर्जा बिस्तारमा आक्रमक भएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले एक महिनामा ८ अर्ब रुपैयाँले निक्षेप संकलन थप गर्दा ८१ अर्ब रुपैयाँले कर्जा प्रवाह थप गरेका हुन् ।

नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार माघ २ गते ३२ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए जुन माघ ३० गते आइपुग्दा ८१ अर्ब रुपैयाँले बढेर ३३ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुले कर्जा प्रवाह ८१ खर्ब रुपैयाँले थप गर्दा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने निकै कम देखिएको छ । माघ २ गतेसम्म ३७ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले माघ ३० गते आइपुग्दा ८ अर्ब रुपैयाँ थप गरी ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको वृद्धिदर तीव्र हुँदा बैंकिङ प्रणालीमा चाँडै तरलता चाप पर्ने सक्ने अनुमान बैंकरहरुको छ ।

Nabintech