• १३ बैशाख २०८१, बिहीबार
बार्सिलोना र पीएसजी भिड्दै


एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्दैछ ।

बार्सिलोनाले घरेलु मैदानमा पीएसजीसँग खेल्नेछ । बार्सिलोना र पीएसजीबीचको खेल राति १ः ४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । तर, बलियो टिम पीएसजीविरुद्ध जित निकाल्न बार्सिलोनालाई कठिन हुनेछ ।

पीएसजी पनि बार्सिलोनालाई उसैको मैदानमा हराएर क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

तर, बार्सिलोनाविरुद्ध पीएसजीका स्टार स्ट्राइकर नेयमार खेल्ने छैनन् । यस्तै विंगर एन्जल डी मारिया समेत टिममा छैनन् ।

दुबै खेलाडी चोटको कारण टिम बाहिर रहेका छन् ।

मुख्य दुई खेलाडीको अनुपस्थितिमा पीएसजीविरुद्ध बार्सिलोनाले केहि सहज भने हुनेछ ।

यस अघि दुई टिमबीच सन् २०१६/१७ को सिजनमा भेट भएको थियो ।

पहिलो लेग पीएसजीले ४–० ले जितेको थियो । तर, दोस्रो लेगमा बार्सिलोनाले ६१ को जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत नै प्रिमियर लिग क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगसँग खेल्नेछ ।

लिभरपुल र लाइपजिगबीचको खेल हंगेरीको पुस्कास एरिनामा हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

Nabintech