प्रभु बैंकले नयाँ ब्याजदर, कुन खातामा कति दिँदैछ ब्याज ?


काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छ । बैंकले फागुन १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण निक्षेप अर्थात बचततर्फ न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज कायम गरेको छ । हाल बैंकले विभिन्न १६ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

बैंकले फिक्स कर्जातर्फ ५ वर्षसम्मको अवधिको लागि होम कर्जामा न्यूनतम ९.९९ प्रतिशत, अटो कर्जामा १०.२४ प्रतिशत र प्रोफेसनल कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, ५ वर्ष माथिको अवधिको होम कर्जामा न्यूनतम १०.९९ प्रतिशत, अटो कर्जामा ११.२४ प्रतिशत र प्रोफेसनल कर्जामा ११.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

Nabintech