नेपालमा ल्याइएको ‘कोभिसिल्ड’ खोपलाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्रदान


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।
कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।

अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।

डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।

Nabintech