• २० कार्तिक २०८१, मंगलवार
देउवालाई बाबुराम भट्टराईको कटाक्ष:’कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद’


 

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले चुनावप्रति कांग्रेस सभापति शेरवहादुर देउवाको आशक्तिप्रति सांकेतिक कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमामा डा. भट्टराईले संसद पुनःस्थापनापछि चुनावमा जाँदा कांग्रेसलाई दुवै हातमा लड्डु हुन्छ भन्दै किन नबुझेको भनी प्रश्न गरेका छन् ।

डा. भट्टराई लेख्छन्, ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ । चुनावमा त ढिलोछिटो जानैपर्छ । तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा (भैहालेमा) संविधान धरापमा पर्छ । संसद पुनर्स्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ । किन नबुझेको ? कि सेटिङ नै हो ?’

Nabintech