• १४ बैशाख २०८१, शुक्रबार
पीएसजीले गर्यो टिम घोषणा, नेयमार र डी मारिया परेनन् टिममा


एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब बार्सिलोनासँगको खेलका लागि टिमको घोषणा गरेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको पहिलो लेगका लागि पीएसजीले २२ सदस्सीय टिमको घोषणा गरेको हो ।

पीएसजीले घोषणा गरेको टिममा फरवार्ड नेयमार र मिडफिल्डर एन्जल डी मारिया परेका छैनन् ।

चोटका कारण नेयमार र डी मारियाले पहिलो लेग गुमाउने भएका हुन् ।

पीएसजीको टिममा मार्को भेराट्टी भने अटाएका छन् ।

पीएसजी र बार्सिलोनाबीचको पहिलो लेग खेल फेब्रुअरी १६ मा हुनेछ ।

खेल बार्सिलोनाको मैदानमा हुनेछ ।

Nabintech