• १५ चैत्र २०८०, बिहीबार
महेन्द्रनगर विमानस्थल सञ्चालन हुने, तिनै तहका सरकारले गरे हस्ताक्षर


काठमाडौं । विमानस्थल सञ्चालनका लागि तिनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदुरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।

संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणकालागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख गरिएको छ ।

विमानस्थलको सुदृढीकरण, स्तरोन्नती र जग्गा अधिग्रहण गर्नका लागि संघ सरकारले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमा उपलब्ध गराउने जनाइएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले विमानस्थल चलाउनको निम्ति सबै एकै ठाउँमा आइपुगेका कारण सम्झौता गर्ने परिस्थिति बनेको बताए ।

सम्झौता पत्रका अनुसार भिमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको धावनमार्गको लम्बाई कम्तिमा १६ सय मिटरसम्म बस्तार गरिने भएको छ ।

Nabintech