आश्विनको शतकसँगै भारतले दियो इंग्ल्यान्डलाई ४८२ रनको लक्ष्य


एजेन्सी । घरेलु टिम भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई जितका लागि ४ सय ८२ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा जारी टेस्टको तेस्रो दिन सोमबार भारतले दोस्रो इनिङ्समा अलआउट हुँदै २ सय ८६ रन बनाएपछि इंग्ल्यान्डले उच्च लक्ष्य पाएको हो ।

दोस्रो इनिङ्समा भारतका लागि रविचन्द्र आश्विनले १ सय ६ रनको शतकीय इनिङ्स खेले । उनको यो टेस्टमा पाँचौं शतक हो ।

यस्तै कप्तान विराट कोहलीले ६२ रन जोड्दा रोहित शर्माले २६ रन बनाए ।

इंग्ल्यान्डका ज्याक लिच र मोईन अलीले ४/४ विकेट लिए ।

पहिलो इनिङ्समा इंग्ल्यान्ड १ सय ३४ रनमा अलआउट भएको छ ।

इंग्ल्यान्डका लागि बेन फोअकेसले अविजित रहदै ४२ रन बनाए ।

ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका रविचन्द्र आश्विनले ५ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले २/२ विकेट लिए ।

यस अघि भारत पहिलो इनिङ्समा ३ सय २९ रन जोड्दा अलआउट भएको थियो ।

पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले । चेन्नईमा उनको यो पहिलो शतक हो ।

यस्तै अन्जिका रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए ।

ऋषप पन्तले अविजित रहदै ५८ रन जोडे । रविचन्द्र आश्विन १३ रनमा आउट भए ।

कप्तान विराट कोहली र सुबमन गिल सुन्य रनमा आउट भए ।

इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । ओली स्टोनले ३ तथा ज्याक लिचले २ विकेट लिए ।

चार खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड १/० ले अघि रहेको छ ।

पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो ।

Nabintech