• १४ बैशाख २०८१, शुक्रबार
महालक्ष्मी इन्स्योरेन्सको सभाले पारित गर्यो ६० करोडको आईपीओ जारी गर्ने प्रस्ताव


काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारण सभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।

साधारणसभाबाट पारित भइसकेकाले अब आईपीओ निष्काशनको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै कम्पनीले आईपीओ जारी गर्नेछ ।

साधारणसभाल वार्षिक प्रतिवेदन सहित आ।व। २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेको छ । सोमबार सम्पन्न साधारणसभाले नयाँ सञ्चालकहरु समेत चयन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।

Nabintech