• ११ बैशाख २०८१, मंगलवार
नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने


काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको प्रभु बैंक डिबेन्चर “२०८५” नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

Nabintech