• ७ बैशाख २०८१, शुक्रबार
टेस्ट सिरिजः इंग्ल्यान्ड १ सय ३४ रनमा अलआउट, भारत २ सय ४९ रनले अगाडि


एजेन्सी । घरेलु टिम भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड १ सय ३४ रनमा अलआउट भएको छ ।

चेन्नईमा जारी टेस्टको दोस्रो दिन आइतबार इंग्ल्यान्ड १ सय ३४ रनमा समेटिएको हो ।

इंग्ल्यान्डका लागि बेन फोअकेसले अविजित रहदै ४२ रन बनाए ।

ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका रविचन्द्र आश्विनले ५ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले २र२ विकेट लिए ।

यस अघि भारत पहिलो इनिङ्समा ३ सय २९ रन जोड्दा अलआउट भएको थियो ।

पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले । चेन्नईमा उनको यो पहिलो शतक हो ।

यस्तै अन्जिका रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए ।

ऋषप पन्तले अविजित रहदै ५८ रन जोडे । रविचन्द्र आश्विन १३ रनमा आउट भए ।

कप्तान विराट कोहली र सुबमन गिल सुन्य रनमा आउट भए ।

इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । ओली स्टोनले ३ तथा ज्याक लिचले २ विकेट लिए ।

चार खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।

पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो ।

Nabintech