• ७ बैशाख २०८१, शुक्रबार
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाः जलविद्युत् आयोजनाले विशेष पुनरकर्जा सुविधा पाउने


काठमाडौं । १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनाले विशेष पुनरकर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै आइतबार यस्तो घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० मेगावाट सम्मका जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जामा पहुँच पुर्‍याइने जानकारी दिए ।

साना जलविद्युत् आयोजनाले पुनरकर्जा नपाएको तथा कतिपय आयोजना समस्यामा समेत परेका थिए । यसले साना जलविद्युत् आयोजनालाई विशेष सहुलियत दिने देखिएको छ ।

 

Nabintech