• १३ बैशाख २०८१, बिहीबार
माछापुच्छ्रे बैंकले माग्यो कर्मचारी, प्लस टु पासले आवेदन दिन सक्ने


job vacancy sign. job vacancy paper origami speech bubble. job vacancy tag. job vacancy banner

काठमाडौं । माछापुच्छ्रे बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदको लागि ९० जना कर्मचारी माग गरेको हो ।
बैंकले फागुन २ गते विज्ञापन गर्दै जागिरका लागि दरखास्त दिन आह्वान गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा २० जना जागिर खुलाएको छ ।

बैंकले राजधानी काठमाडौं र काठमाडौं बाहिरका शाखा कार्यालयका लागि उक्त जागिर खुलाएको छ ।

त्यसैगरी बैंकले ट्रेनी जुनियर असिस्टेन्टमा ५० जना माग गरेको छ । जसमा बैंकले ७ वटै प्रदेशका लागि माग गरेको हो । आवेदकले आवेदन दिँदा पनि प्रदेश अनुसार छुट्याएर आवेदन दिनुपर्ने हुन्छ ।

त्यसैगरी बैंकले ट्रेनी जुनियर असिस्टेन्ट पदमा थप २० जना माग गरेको छ । यी पदमा काम गर्नेले हिमाली क्षेत्रमा रहेका बैंकका शाखामा काम गर्नुपर्ने हुन्छ ।

आवेदन दिने अन्तिम मिति फेब्रअुरी २८ तारिख साँझ साढे ५ बजेसम्मका लागि तोकिएको छ । कम्तीमा दुई पांग्रे सवारी चलाउन जान्नेलाई तथ प्राथमिकता दिइनेछ । २७ वर्षको उमेर नकटेको, राम्रो अंग्रेजी बोल्न जान्ने र कम्पनीमा प्लस टु तहमा न्यूनतम ४५ प्रतिशत वा २.५ जीपीए ल्याएको हुनुपर्नेछ ।

Nabintech