कांग्रेसले डाक्यो महाधिवेशनको मिति सार्न केन्द्रीय समिति


काठमाडौं ।  नेपाली कांग्रेसले फागुन ५ गते बुधबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्‍ने जानकारी दिएका छन् ।

कांग्रेसले आगामी शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । कोभिड(१९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम नभएकाले महाधिवेशन हुन सक्ने सम्भावना देखिएन । तसर्थ महाधिवेशनको मिति सार्न कांग्रेसले केन्द्रीय कार्यासमिति बैठक बोलाएको हो ।

बैठकमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनविरुद्ध गरेको तेस्रो चरणको आन्दोलनको समिक्षासमेत गर्नेछ ।

Nabintech