• १४ बैशाख २०८१, शुक्रबार
प्रचण्ड–माधव पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, यस्तो छ तालिका ?


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रहेको प्रचण्ड–माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीले तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ।

आइतबार पेरिसडाँडामा पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको कार्यक्रममा काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्नेलगायतका छन् ।

केन्द्रीय संघर्ष समितिले फागुन ५ देखि २१ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

यस्ता छन् आन्दोलनका कार्यक्रमः

–फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रम गर्ने ।

–फागुन ६ गते मानव साङ्लोले काठमाडौंको टुँडिखेल घेराउ गर्ने।

–७ गते सबै वडामा कार्यक्रम

–८ गते राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसमेतको उपस्थितिमा बृहत् अन्तरक्रिया गर्ने ।

–९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन ।

– फागनुन १० गते काठमाडौं उपत्यकाका प्रत्येक जिल्लाका दलितद्वारा प्रदर्शन ।

–फागुन १४ गते काठमाडौंमा बृहत् युवा र्‍याली ।

–फागुन १२ गते चितवन र २१ गते दाङमा बृहत् विरोध कार्यक्रम ।

Nabintech