चलचित्र निर्देशक समाजकी अध्यक्ष राणासहित दर्जनबढी चलचित्रकर्मी कांग्रेस प्रवेश


काठमाडौं । चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणासहित एकदर्जन चलचित्रकर्मी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शनिबार देउवा निवास बुढानिलकण्ठमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति शेरबहादुर देउवाले फूलमाला लगाएर उनीहरुलाई भित्राए ।

कांग्रेस प्रवेश गर्नेहरुमा राणासहित फिल्म वितरक गोपाल कायस्थ,अभिनेत्री रिस्ता बस्नेत, द्वन्द्व निर्देशक एनबी महर्जन, प्राविधिक संघका पूर्वअध्यक्ष सन्तु तामाङ, पत्रकार विजयरत्न तुलाधरसहित अन्य फिल्मकर्मी छन् ।

Nabintech