• १३ बैशाख २०८१, बिहीबार
निर्मला पन्त र भागरथी भट्टका हत्याराहरुलाई पानीमुनि गए पनि छोड्दैनौँ: प्रधानमन्त्री ओली


बुटवल । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरुलाई आफ्नो सरकारले पानीमुनिबाट पनि खोजेर ल्याउने दाबी गरेका छन्।

बुटवलमा आयोजित सभामा उनले बलात्कार र हत्यामा संलग्नहरुलाई ओली सरकारले कुनै पनि हालतमा नछाड्ने दाबी गरेका छन्। ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’

ओलीले भने, अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको दावी गरे । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका छौं । १२ वर्षअघिका अपराधिलाई जेलमा हालेका छौं भने अहिलेका अपराधि पनि उम्किन पाउने छैनौं’।

उनले प्रचण्ड-माधवसमूह आफूबिरुद्ध गाली पुराणमा ओर्लिएको उल्लेख गर्दै उनीहरुले सत्ता हत्याउनमात्र चाहेको दाबी गरे। उनले आफू नेतृत्वको पार्टीले ५० लाख समानुपातिक मत ल्याउने दाबी पनि गरेका छन्।

Nabintech