• ७ बैशाख २०८१, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्रसहित क–कसले गरे सुरक्षाकर्मी फिर्ता,कसले गरेनन् ?

सुरक्षा कटौती नगर्न पूर्वराजा ज्ञानेन्द्रका तर्फबाट  गृहमा निवेदन



काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित सार्वजनिक पदाधिकारीको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ ।

मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिअनुसार मापदण्ड विपरितका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ नागार्जुन बेस र २ वटा पिकअप भ्यान तथा पूर्ववप्रधानमन्त्री प्रचण्डको सुरक्षार्थ खटिएका ५७ सुरक्षाकर्मी र एउटा अगुवा गाडी फर्काइएको छ ।
तर नागार्जुन दरबार र निर्मल निवास सुरक्षामा खटिएका ५० भन्दा बढी सशस्त्र प्रहरीको संख्या कटौती गरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहका तर्फबाट निर्णयमा पुनर्विचार गरिदिन गृह मन्त्रालयमा निवेदन परेको छ । पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिनाले पछिल्लो कार्यविधिअनुसार सुरक्षा व्यवस्थापनमा कठिनाइ र अपुग हुने भन्दै निर्णय पुनर्विचार गर्न बिहीबार गृहमा निवेदन दिएका हुन् ।

१० जना पूर्वगृहमन्त्रीको सुरक्षार्थ तैनाथ पछुवा गाडी र सशस्त्रका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । नेताको पहुँच, प्रभाव र भनसुन तथा मन्त्रिपरिषद्का पटके निर्णयबाट विभिन्न व्यक्तिका चालक र अंगरक्षकमा खटिएका सुरक्षाकर्मी फिर्ता हुने क्रममा रहेको दुवै सुरक्षा निकायले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार पूर्वगृहमन्त्रीहरू रामचन्द्र पौडेल, वामदेव गौतम, कमल थापा, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शक्ति बस्नेत, कृष्णबहादुर महरा, भीम रावल, गोपालमान श्रेष्ठ र पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको सुरक्षामा खटिएका पछुवा गाडीसहित सबै सशस्त्र प्रहरी फिर्ता गरिएका छन् ।

पूर्वगृहमन्त्री जनार्दन शर्माको सुरक्षार्थ खटाइएका गाडी र सशस्त्र प्रहरी पनि फिर्ता हुने क्रममा रहेको सशस्त्रले जनाएको छ । अब पूर्वउपप्रधान र गृहमन्त्रीहरूलाई सुरक्षा थ्रेट मूल्यांकनका आधारमा नेपाल प्रहरीका जुनियर अधिकृत २ जनासम्म खटाइने भनिएको छ ।

कसले फिर्ता गरे, कसले बाँकी छ, हेर्नुहोस्ः

Nabintech