‘मुलुकलाई निरकुंशतातर्फ लैजान प्रतिनिधिसभा विघटन गरियो’:रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका लागि अपिल गर्दै पौडेलले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टि हुँदै गएको बताएका हुन् ।

अपिल गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको छ ।’

पौडेलले सम्पुर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले आयोजना गरेको फागुन ३ गते ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागि हुन आह्वान गरेका छन् ।

 

Nabintech