• १३ बैशाख २०८१, बिहीबार
दोस्रो त्रैमासम्म १८ जीवन बीमा कम्पनीको खुद बीमा शुल्क ३७.४ प्रतिशतले बढ्यो, कुनले कति गरे आर्जन ?


काठमाडौं । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । संचालनमा रहेका कम्पनीहरुमध्ये १८ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् ।

कम्पनीहरुको प्रकाशित वित्तीय विवरण अनुसार अधिकांश जीवन बीमा कम्पनीहरुको सूचकमा राम्रो प्रगति देखिएको छ । १८ वटै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा खुद बीमा शुल्क आर्जन बृद्धि गरेको वित्तीय विवरण प्रकाशन गरेका छन् ।

वित्तीय विवरण प्रकाशन गरेका १८ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ५६ अर्ब ६९ करोड ९७ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा उक्त कम्पनीहरुले ४१ अर्ब ३७ करोड ३६ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन ३७ दशमलव ४ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको दास्रो त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १७ अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै,एनआइसी नेपालले ९ अर्ब ५६ करोड रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ४८ करोड रुपैयाँ, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब २० करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन ।

त्यसैगरी चालु आर्थिक वर्षको दास्रो त्रैमासमा मेट लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्बभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी ज्योति लाइफ इन्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्बभन्दा बढी खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा सानिमा लाइफले ९५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १३४ प्रतिशतले खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

सन नेपाल लाइफले ९१ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क ९५ प्रतिशतले बृद्धि गरी ६० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।त्यसैगरी महालक्ष्मी लाइफले ४७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Nabintech