• ११ बैशाख २०८१, मंगलवार
२८ हजार बीमितले अझै पाएनन् कोरोना बीमा दाबीको भुक्तानी


काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न निर्जीवन बीमा कम्पनीहरु मार्फत बीमा गराएका २८ हजार बीमितले अझौ भुक्तानी पाएका छैनन् ।

६६ हजार बढिले कोरोना बीमा दाबी गरेकोमा करिब ३९ हजार बीमितले मात्र कोरोना बीमा दाबीको भुक्तानी पाएका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ ३० गते शुक्रबारसम्म ३८ हजार ८०७ जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् ।

यस अवधिमा ३८ हजार ८०७ जना बीमितलाई ३ अर्ब ७६ करोड ८२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ । समितिका अनुसार माघ ३० गतेसम्म कारोना बीमामा ६६ हजार २६२ वटा दाबी परेका छन् ।

‘६६ हजार २६२ वटा दाबी परेका छन्’ समितिले भन्यो, ‘३९ हजार बीमितलाई करिब ४ अर्ब रुपैयाँ बीमा दाबीको भुक्तानी गरिसकेका छौं । यतिबेला करिब ९ हजार बीमितको डकुमेन्ट भरिफिकेशन काम भइरहेको छ ।’ डकुमेन्ट कम्पिलिट नहुँदा भुक्तानी ढिलाई भएको हो । डकुमेन्ट पुरा भएका बीमितले चाडै नै भुक्तानी गरिने समितिले जनाएको छ ।

बीमा समितिले सार्वजनिक गरेको तथ्याङ

Nabintech