• १४ बैशाख २०८१, शुक्रबार
सुनचाँदीका दक्ष कालीगढ नेपालमै उत्पादनका लागि ‘शुभगुरु फाउण्डेशन’ स्थापना


काठमाडौं। शुभगुरु ज्वेलर्सका संस्थापक सुर्य कुमार बराल तथा राधा गुरुङले आफ्नो २५ औ वैवाहिक वर्षगाँठको अवसरमा ‘शुभगुरु फाउण्डेशन’ स्थापना गर्नुभएको छ ।

अध्यक्ष बरालले आफ्नो वैवाहिक वर्ष गाँठ मनाउने क्रममा आफैले गर्दै आएको पेशा,व्यवसाय सुनचाँदीका गरगहना बनाउनका लागि भारतीय कालीगढमा निर्भर पर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै दक्ष नेपाली कालीगढ उत्पादनका लागि शुभगुरु फाउण्डेशन स्थापना गर्नुभएको छ ।

ज्वेलर्सका संस्थापक बरालले भन्नुभयो,’नेपालको परम्परागत गरगहनालाई आधुनिकिकरण गरी अन्तराष्ट्रीय बजार सम्म पुर्याउनका लागि नेपाली कालीगढहरूको शिप र कला विकासको आवश्यकतालाई महसुश गरी कालीगढी शिप विकासमा टेवा दिन नेपालका जुनसुकै वर्ग तथा समूदायका युवालाई फाउन्डेशनले तालिम दिने छ ।’

उक्त तालिम सञ्चालनका लागि १० लाख २५ हजार २५ रुपैयाको अक्षय कोष निर्माण पनि गरिएको छ । भविष्यमा समयसापेक्ष यो कोष लाई परिमार्जन गरी कालीगढ़ी पेशामा भारतीय वर्चश्व लाई न्यूनीकरण तथा नेपाली युवाको शिप विकास गरी नेपालमा रोजगारी सिर्जना गर्ने उदेश्य रहेको संस्थापक बरालले बताउनुभयो ।

समारोहका प्रमुख अतिथि नेपाल सुन चाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले द्वीप प्रज्वलन गरी शुभगुरु फाउण्डेशको उद्घाटन गर्नुभएको थियो ।
समारोहमा उपस्थित व्यक्तिहरुलाई सम्बोधन गर्दै अध्यक्ष मर्हजनले ‘आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा यस क्षेत्रको वृद्धि विकासका लागि स्थापना गरीएको यस फाउनडेनले दक्ष कालीगढ उत्पादनमा मदत पुग्ने बताउनुभयो ।’ अध्यक्ष महर्जनले नेपाल सरकारबाट महासंघ लाई प्राप्त अनुदानलाई यस्ता कल्याणकारी संघ संस्थालाई सहकार्य गर्दै लैजाने प्रतिबद्धता सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

फाउण्डेशन स्थापना तथा वैवाहिक रजत वर्ष गाँठको शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ कोषाध्यक्ष द्वारिकालाल शंकर,नेपाल सुनचाँदी कला ब्यबसायि संघका अध्यक्ष केशर सेंचुरी,नेपाल राष्ट्रीय सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जुन बिश्वाकर्मा,नेपाल सुनचाँदी कला व्यवसायी संघका निर्देशक हरी रसाइली, पूर्व सांसद डेड़राज खड्काले सुनचाँदी व्यवसायी,लगानी र कालीगढजस्ता व्यवसायका सबै अंगमा भारतीयहरुको बढ्दो बाहुल्यतालाई कम गर्दै नेपालको सुनचाँदी व्यवसायान नयाँ आयाम थप गर्नमा यस फाउण्डेशनले मदत गर्ने बताउनुभयो ।

मन्तव्यकै क्रममा वक्ताहरूले यस्तो संस्थाको महसुस पहिले नै खड़किए पनि स्थापना गर्ने साहस भने कसैले नगरेको भन्दै नौलो कार्यको थालनी भएकोले  सुनचाँदी ब्यबसायमा आबद्ध सबैको साथ र सहयोगको एक्येवद्धता समेत जनाउनुभएको थियो ।

यस्तै उद्धघाटन समारोहलाई समापन गर्दै संस्थापक तथा समारोह अध्यक्ष सुर्य कुमार बरालले फाऊण्डेशनलाई सहयोग बेलायतबाट चंचला गुरुङद्वारा १ लाख १२ हजार,अस्ट्रेलियाबाट अनीशर आराधना तन्डुकारद्वारा १० हजार प्राप्त भएको जानकारी गराउनुभयो । फाउण्डेशनमा अन्य सहयोगी हातहरुको सहयोगको खाँचो रहेको समेत बतातउनुभयो ।

Nabintech