आजदेखि महिला लघुवित्तको आईपीओ बिक्री खुल्ला, कति दिने आवेदन (विवरणसहित)


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ माघ ३० अर्थात आज शुक्रबारदेखि बिक्री खुल्ला गरिएको छ । लघुवित्तले सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड रुपैया बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

उक्त आईपीओमा लगानीकर्ताले फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

Nabintech