• १५ चैत्र २०८०, बिहीबार
निफ्राको आईपीओ नेप्सेमा सूचीकृत, आइतवारदेखि कारोबारमा आउने


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेप्सेमा शेयर सूचीकृत गरेको छ ।

कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो । अब यो शेयर आइतवारदेखि कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ११३ दशमलव ६२ देखि ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणा सम्मको मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो । आर्थिक वर्ष ०७६/ ७७ सम्मको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ११३ दशमलव ६२ रहेको छ ।

चालू आर्थिक वर्षभित्र कम्पनीले ११७ दशमलव ६९ प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ ।उक्त कम्पनीले सर्वसाधारणमा माघ १६ गते आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको छ । धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो ।

कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ ।

कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारष्ण तर्फको ८ करोड कित्ता गरी कुल २० लाख कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।

 

Nabintech